आजको मूल्य

मोति के हो ? कसरि बन्छ ? मोति काँहा पाईन्छ ? नक्कली र सक्कली मोति कसरि चिन्ने | how pearl made | everything about pearl

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on linkedin
LinkedIn

 

मोतीलाई शुद्धता, विश्वास, निर्दोषता, र अखण्डता को प्रतीक रुपमा लिने गरिन्छ । यसले चंद्रमाको उर्जा प्रदान गर्छ भन्ने ज्योतिषीय मान्यता रहेको छ । मोति जस्लाई अंग्रेजीमा पर्ल ( pearl ) भनिन्छ यसको बारेमा तपाईहरु मध्ये धेरैलाई थाहा नै होला । मोति पथर वा खनिज पदार्थ होईन । यो पानिमा बस्ने सिपि किरा भित्र बन्छ । मोतिको प्रयोग धेरै ठाउँमा गरिन्छ कतै न कतै तपाईहरुले यस्लाई पक्कै पनि देख्नु भएको होला । मोति एउटा बहुमुल्य रत्न पनि हो । यो नवरत्नहरु मध्ये एक रत्न हो । त्यसैले यस्को मुल्य , माग , प्रयोग , बिशेषताहरु धेरै छन ।

बिशेषत यस्को धेरै प्रयोग गहना बनाउन गरिन्छ । मोतिको औँठि , लकेट , ब्रास्लेट , टप , झुम्का , हार तथा माला पनि सुनचाँदीमा बनाएर लगाईन्छ । मोतिको ज्योतिषीय तथा धार्मिक मान्यता पनि रहेको छ । त्यसैले यसलाई राशि अनुसार कर्कट राशि हुने व्यक्तिहरुले धारण गर्दछन् ।

( Pearls are considered a symbol of purity, faith, innocence, and integrity. There is an astrological belief that it provides the energy of the moon. Many of you may know about pearl which is called pearl in English. Pearls are not stones or minerals. It is formed inside the mussel worm that lives in the water. Pearls are used in many places and you must have seen them somewhere. Pearl is also a precious gem. It is one of the Navratnas. Therefore, its price, demand, use, features are many.

It is especially used to make jewelry. Pearl rings, lockets, bracelets, tops, earrings, necklaces and garlands are also made in gold and silver. Pearls also have astrological and religious beliefs. Therefore, it is worn by people who are Cancer according to their zodiac sign. )

यस लेख भित्र :-

• मोति के हो ?

• मोति कसरि बन्छ ?

• मोतिको प्रकारहरु ?

• के – के काममा प्रयोग हुन्छ ?

• मोतिको बिशेषताहरु ?

• नक्कली र सक्कली मोति कसरि चिन्ने ?

 

मोती एउटा कठोर पदार्थ हो । जुन बाहिर कडा आवरण र भित्र नरम तन्तु भएको जीव द्वारा निर्माण हुन्छ । हाम्रो बोलिचालीको भाषामा मोति घुंघि वा शंङखे किराको एक प्रजातिले बनाउँछ । यसलाई अंग्रेजीमा मोलस्क , मसल्स , सिपि पनि भनिन्छ । मोति सिपि किराको खोल भित्र उत्पादन हुने कडा र चम्किलो वस्तु हो । मोति बनाउने घुंघि वा सिपि को प्रजातिलाई बाइवाल्वज भनिन्छ र यसमा पनि ओएस्टर प्रजातिले धेरै मोति बनाउँछ । रासायनिक तवरमा मोती क्यसल्सियम कार्बोनेट हो जुन सूक्ष्म क्रिटलीय रूपमा जिव द्वारा केन्द्रीत तहहरूमा जम्मा गरेर बनिन्छ । पूर्णतः गोलो र चिल्लो मोतिलाई राम्रो र उत्तम मोती मानिन्छ । मोतिहरु गोलो मात्र नभई अन्य विभिन्न आकार र रंगको मोतीहरु पनि पाइन्छन् । उत्कृष्ट गुण भएको प्राकृतिक मोती प्राचीन काल देखि नै रत्न र सौन्दर्यको वस्तुको रूपमा उच्च मूल्यवान रहेको छ । त्यसै कारणले मोती एउटा दुर्लभ, राम्रो, प्रशंसनीय र मूल्यवान चीज बनिसकेको छ।

( Pearl is a hard substance. Which is formed by an organism with a hard shell outside and soft tissue inside. In our colloquial language, pearls are made by a species of snail or conch worm. It is also called mollusk, mussels, mussels in English. A pearl mussel is a hard and shiny substance produced inside the shell of an insect. The species of pearl-making snails or mussels are called bivalves, and oyster species also produce many pearls. Chemically, pearls are calcium carbonate, which is formed by micro-crystalline form deposited in concentric layers by organisms. Perfectly round and smooth pearls are considered good and best pearls. Pearls are not only round, but also pearls of various shapes and colors. Natural pearls with excellent properties have been highly valued as gems and objects of beauty since ancient times. That is why the pearl has become a rare, beautiful, admired and valuable thing. )

 

मोतिको बिशेषता ( Features of pearls )

• मोति क्याल्शियम कार्बोनेट र कन्चियोलिनबाट बनेको हुन्छ ।

• यो खनिज पदार्थ वा पथर होईन जैविक बस्तु हो ।

• यो एउटा बहुमुल्य रत्न हो ।

• यो धेरै रंगको हुन्छ जस्तै : सेतो , निलो , कालो , गुलाबी , पँहेलो ।

• यो कठोर हुन्छ ।

• मोति अपारदर्शी हुन्छ ।

( • Pearls are made of calcium carbonate and conchiolin.

• It is not a mineral or stone but an organic substance.

• It is a precious gem.

• It has many colors like: white, blue, black, pink, yellow.

• It is hard.

• Pearl is opaque. )

 

मोतिको प्रयोगहरू ( Uses of pearls )

• विभिन्न किसिमका गरगहनामा रत्नको रुपमा सजाउन ।

• महँगा कपडाहरू सजाउन ।

• सृगांरको सामानहरु निर्माण गर्न ।

• नँया मोति उत्पादनका लागि मदर अफ पर्लको रुपमा प्रयोग गर्न ।

• औषधि बनाउन ।

• पेंट फाँर्मुलेशन बनाउन ।

( • To decorate as gems in different types of jewelry.

• To decorate expensive clothes.

• To manufacture jewelry items.

• To use as mother of pearl for new pearl production.

• To make medicine.

• To make paint formulation. )

 

मोतिको भौतिक गुण ( Physical properties of pearls )

मोति क्याल्शियम कार्बोनेटको धेरै तहहरू वा पत्रहरू मिलेर बनेको हुन्छ ।मोतिको अनौठो चमक मोति भित्र भएको पारभासी तहहरूबाट प्रकाशको परावर्तन, अपवर्तन र विवर्तन मा निर्भर रहन्छ । मोतीमा जति पातलो र धेरै तहहरू हुन्छ, उतिनै राम्रो चमक हुन्छ । मोतीमा जुन इंद्रणि रंग प्रदर्शित हुन्छ त्यो क्रमशः रुपमा तहहरू धेरै वा अतिव्यापी भएको कारणले गर्दा हो , यस्ले मोतिको सतहमा पर्ने प्रकाशलाई विच्छेदन गर्दिन्छ । यसको अलावा मानव निर्मित मोति वा सुसंस्कृत ताजा पानीको मोती पहेंलो, हरियो, नीलो, खैरो, गुलाबी, बैजनी या कालो रंगमा रंग्याउन सकिन्छ । सबै भन्दा मूल्यवान मोतिमा एउटा धात्विक र अत्याधिक परावर्तक चमक हुन्छ ।

( Pearls are made up of many layers or sheets of calcium carbonate. The pearl’s unique luster depends on the reflection, refraction and diffraction of light from the translucent layers within the pearl. The thinner and more layers the pearl has, the better the shine. The iridescent color that pearls display is due to the gradual layering, or overlapping, of the layers, which refract the light hitting the surface of the pearl. Apart from this, man-made pearls or cultured freshwater pearls can be dyed in yellow, green, blue, brown, pink, purple or black. The most valuable pearls have a metallic and highly reflective luster. )

 

मोती मुख्य रूपमा क्याल्शियम कार्बोनेट बाट बनेको हुनाले यसलाई सिरका ( vinegar ) मा घुलाउन सकिन्छ । कैल्शियम कार्बोनेट एउटा कमजोर एसिड घोलसँग पनि अतिसंवेदनशील हुन्छ किनकि क्रिस्टल सिरकामा एसिटिक एसिडसँग क्याल्शियम एसीटेट र कार्बन डाइऑक्साइड बनाउनको लागि प्रतिक्रिया गर्छ ।

( Since pearls are mainly made of calcium carbonate, they can be dissolved in vinegar. Calcium carbonate is very sensitive to even a weak acid solution because it reacts with the acetic acid in crystal vinegar to form calcium acetate and carbon dioxide. )

 

प्राकृतिक मोती ( Natural pearls )

प्राकृतिक मोतीमा लगभग 100% क्याल्सियम कार्बोनेट र कोंचियोलिन हुन्छ । यो विश्वास गरिन्छ कि प्राकृतिक मोतीहरू आकस्मिक घट्नाहरूको प्रतिरक्षात्मक प्रणाली अन्तर्गत बन्छन । प्राकृत मोती कसरी बन्छ भन्दा सीपी किराले आफ्नो जीवनमा एकपटक मात्र मुख बाउँछ । जब उसको फग्ल्याँटा खुलेका बेला बालुवाका मसिना कण वा ढुंगा सिपिको किराको सेल भित्र प्रवेश गर्दछ । त्यो कण सीपी भित्र पसेपछि उसले मोती बनाउने काम गर्छ । उप्त्त बालुवाको कण सीपी किराको नरम शरीरमा टाँसिए पछि सिपिको नरम छालामा जलन हुन्छ र त्यसबाट छुटकारा पाउन सिपिले कण वरिपरि थैली बनाउँदछ । अनि शरीरबाट निस्कने एकप्रकारको रस वा क्याल्शियम कार्बोनेट र कन्चियोलिनले त्यो कणलाई विस्तारै विस्तारै ढाक्न शुरु गर्छ । यो प्रक्रिया धेरै पटक दोहोरिन्छ । धेरै वर्षपछि बाटुलो र चम्किलो सेतो दानाका रुपमा मोती तयार हुन्छ । प्राकृतिक मोतीहरू धेरै आकारहरूमा बनिन्छन । पूर्ण रूपमा गोलाकार मोतिहरू तुलनात्मक रूपमा दुर्लभ हुन्छन्।

( Natural pearls contain almost 100% calcium carbonate and conchiolin. It is believed that natural pearls are formed under the immune system due to accidental events. How natural pearls are made A clam worm opens its mouth only once in its life. When its gills are open, a grain of sand or a stone enters the cell of the mussel worm. Once that particle enters the seashell, it starts making pearls. After the sand particles stick to the soft body of the mussel worm, the soft skin of the mussel is irritated and to get rid of it, the mussel makes a pouch around the particle. And a kind of juice coming out of the body or calcium carbonate and conchiolin starts covering that particle little by little. This process is repeated many times. After many years, pearls are formed in the form of soft and shiny white grains. Natural pearls come in many shapes. Perfectly round pearls are relatively rare. )

 

ताजा पानिको मोति : ताजा पानीको मोती ताजा पानीको मसल्स ( घुँघि /Snail /शंखेकीरा ) परिवार यूनियनिडे को विभिन्न प्रजातिहरूबाट बन्छ । जुन तालहरू, नदि, पोखरी र ताजा पानीको अन्य स्रोतहरुमा बस्छन् । ताजा पानीको मोति मसल्स किरा गर्मि जलवायुमा मात्र हैन चिसो र समशितोष्ण क्षेत्रमा पनि पाइन्छन् । अचेल किन बेच हुने अधिकांश ताजा पानीको सुसंस्कृत या मानवीय हस्तक्षेपबाट निर्मित मोती चीनबाट आउछ ।

( Freshwater pearls: Freshwater pearls are made from various species of freshwater mussels (Snails) of the Unionidae family. which live in lakes, rivers, ponds and other sources of fresh water. Freshwater pearl mussel worms are found not only in hot climates but also in cold and temperate regions. Why most freshwater cultured or man-made pearls sold today come from China. )

 

खारा पानिको मोति : नुन पानी या खारे पानीको मोती सीपि किरामा निर्माण हुन्छ । यो Pteriidae परिवार अन्तर्गत पर्दछ जुन महासागरहरुमा बस्छन् । खारे पानीको मोती सीपि किराको खेती साधारणतया संरक्षित ल्यागून या ज्वालामुखीय प्रवाल द्वीपहरुमा गरिन्छ ।

( Salt water pearls: Salt water or brackish water pearls are formed in sea cucumbers. It belongs to the Pteriidae family which lives in the oceans. Saltwater pearl oysters are usually cultivated in protected lagoons or volcanic atolls. )

 

संवर्धित मोती ( Cultured pearls )

संवर्धित वा सुसंस्कृत मोती भन्नाले प्रकृतिमा स्वयम् निर्माण नभई विभिन्न तरिकाले मानवीय हस्तक्षेपबाट निर्मित मोति भन्ने बुझिन्छ । संवर्धित मोतीहरू तंतुको प्रत्यारोपणमा खोलको प्रतिक्रिया हो । यो प्रक्रिया डोनर शेलबाट मेन्टल टिस्युको सानो टुक्रा (जस्लाई ग्राफ्ट भनिन्छ) प्रापकको खोलमा प्रत्यारोपण गरेर गरिन्छ । यसमा टिस्युले क्याल्सियम कार्बोनेटलाई उत्तेजित गर्दछ र मोतीको थैली बनाउँछ । सुसंस्कृत गरिएको मोती उत्पादनका लागि धेरै तरिकाहरू छन्: ताजा पानी वा समुद्री पानीको सिपिको खोलहरू प्रयोग गरेर, कलमलाई आवरण वा गोनाडहरूमा प्रत्यारोपण गर्ने, र केन्द्रकको रूपमा गोलाकार मोती थप्ने। धेरैजसो नुनपानी संस्कृति भएका मोती आमा मोती संग हुर्काइन्छ। अकोया सेतो वा गोल्डेन साउथ सी र ब्ल्याक ताहिती कल्चर्ड मोतीहरूको व्यापारिक नाम हो। धेरैजसो बीउविहीन कल्चर गरिएका मोतीहरू चीनमा ताजा पानीको खोलहरूमा हुर्किन्छन्, र यसलाई ताजा पानीको कल्चर गरिएको मोती भनेर चिनिन्छ। एक्स-रे परीक्षणद्वारा प्राकृतिक मोतीहरूबाट कल्चर गरिएको मोती छुट्याउन सकिन्छ। कल्चर गरिएको मोती बाह्र देखि अठार महिनामा तयार हुन्छ र यसलाई सिपिको खोलबाट निकाल्न सकिन्छ । एउटा कल्चर गरिएको मोतीलाई एक्स-रे गरेर हेर्दा त्यसले प्राकृतिक मोतीको भन्दा फरक संरचना देखाउछ । एउटा संवर्धित मोतीले कुनै केन्द्रित वृद्धि रिंगहरू नभएको ठोस केन्द्र देखाउँदछ भने प्राकृतिक मोतीले केन्द्रित वृद्धि रिंगहरूको श्रृंखला देखाउँदछ।

( Cultured or cultured pearls are pearls that have been created by human intervention in various ways rather than self-created in nature. Cultured pearls are the shell’s response to fiber implantation. This procedure is done by transplanting a small piece of mantle tissue (called a graft) from the donor shell into the recipient shell. In this, the tissue stimulates calcium carbonate and forms a pearl sac. There are several methods for producing cultured pearls: using freshwater or seawater mussel shells, transplanting the cuttings into the mantle or gonads, and adding spherical pearls as nuclei. Most saltwater cultured pearls are grown with mother pearls. Akoya is the trade name for white or golden South Sea and black Tahitian cultured pearls. Most seedless cultured pearls are grown in freshwater shells in China, and are known as freshwater cultured pearls. Cultured pearls can be distinguished from natural pearls by X-ray examination. Cultured pearls are ready in twelve to eighteen months and can be removed from the mussel shell. An X-ray of a cultured pearl shows a different structure than a natural pearl. A cultured pearl shows a solid core with no concentric growth rings while a natural pearl shows a series of concentric growth rings. )

 

नकली मोती ( fake pearls )

नक्कली मोति भन्नाले प्रकृतिमा स्वयम् सिपि किराले नबनाई मान्छेले विभिन्न सामग्रीहरू मिलाएर बनाएको मानव निर्मित मोति भन्ने बुझिन्छ । यस्तो नक्कली मोतिहरु प्राय ग्लास , प्लास्टिक ,सिरेमिक पाउडर तथा मोति बनाउने सिपिको खबेटा बाट बनाईन्छ । र कुनै कुनै नक्कली मोति त प्राकृतिक मोती जस्तै देखाउन मोति बनाउन सिपि किराले निकाल्ने क्याल्शियम कार्बोनेट रस बाहिर बाट लागाएको पनि हुन्छ । नक्कली मोति बनाउने केही तरिकाहरू यसप्रकार छन् ।

( Fake pearls are man-made pearls that are made by mixing different materials and not by natural pearls. Such fake pearls are usually made from glass, plastic, ceramic powder and pearl shell. And some fake pearls are made with calcium carbonate juice extracted by mussel worms to make them look like natural pearls. Some of the ways to make fake pearls are as follows. )

 

Bathed pearl  नुहाइएका मोती –  यो प्रक्रियाबाट तयार गरिएको मोतिलाई एन्जेल, शेबा, मिकोमो, कोबे, निक्को, सुमो, फिजी, अलोहा वा “सुधारिएको कल्चर्ड पर्ल” पनि भनिन्छ । यसमा बिशेष त प्लास्टिक इनामेल, लिड कार्बोनेट, अभ्रकको मिश्रण हुन्छ र उप्त मिश्रत लेपनलाई आमा मोतिमा लगाईन्छ । यि सामाग्रीहरूको साथमा यसलाई प्राकृतिक मोतीको जस्तो चमक दिन टाइटेनियम डाइअक्साइड, त्यसपछि इंद्रधनुषी नायलॉनको फिल्म पनि लगाईन्छ ।

( Bathed pearl – Pearls prepared by this process are also called angel, sheba, mikomo, kobe, nikko, sumo, fiji, aloha or “improved cultured pearl”. It mainly contains a mixture of plastic enamel, lead carbonate, mica and the resulting mixed coating is applied to the mother of pearl. Along with these materials, titanium dioxide is applied to give it a natural pearl-like shine, followed by an iridescent nylon film. )

 

Bohemian pearl बोहेमियन पर्ल – यो एउटा काटिएको र बफ्ड मदर-अफ-पर्ल प्रोट्युबरन्स हो ।

( Bohemian pearl – This is a cut and buffed mother-of-pearl protuberance. )

 

Cotton pearl कपास मोती – यस्लाई ” उटर एथिकल मोती ” पनि भनिन्छ । यस्तो खालको नक्कली मोति कपास र मीकाबाट मात्र बनाइन्छ।

( Cotton pearl – It is also called “utter ethical pearl”. These types of fake pearls are made from cotton and mica only. )

 

Glass pearl सिसा मोती – सिसा मोति भनेको मोती सामग्रीमा डुबाइएको वा स्प्रे गरिएको सिससको मोती वा मोती सामग्रीले भरिएको होलो सिसाको भाँडो वा मनका हो । यस्तै अर्को मोमले भरिएको मोति पनि हुन्छ जस्लाई मेजोरिका मोती भनिन्छ । मोमले भरिएको मोती सिमुलेन्टहरू खाली सिसाको मोतीहरू हुन् जसलाई एसेन्स डी’ओरिएन्टले लेपन गरिन्छ । यी मोमले भरिएको सिमुलेन्ट्सको मोतिहरु अलि फरक तरिकामा उत्पादन गरिन्छ । र यो मोतिहरु पेरिसियन मोती, पेरिस मोती, फ्रान्सेली मोती, बोरगुइनन मोती, र भेनिस मोती नामले पनि चिनिन्छ ।

( Glass pearl – Glass pearl is a hollow glass vessel or bead filled with glass beads or pearl material dipped or sprayed in pearl material. There is another wax-filled pearl called the Majorica pearl. Wax-filled pearl simulants are hollow glass beads coated with essence d’orient. The beads of these wax-filled simulants are produced in a slightly different way. And these pearls are also known as Parisian pearls, Paris pearls, French pearls, Bourguignon pearls, and Venetian pearls. )

 

Mother-of-pearl pearl मदर-अफ-पर्ल मोती – मदर-अफ-पर्ल मोतीलाई क्रस नेक्रेस शेल पाउडरबाट आफुले चाहेको आकारमा बनाईन्छ । यसलाई खोल मोती पनि भनिन्छ । यो मोतिलाई मोति बनाउने सिपिको शेल वा बाहिर आवरण बाट बनाईन्छ ।

( Mother-of-pearl pearl – Mother-of-pearl moti is made from cross nacres shell powder in the shape you want. It is also called shell pearl. These pearls are made from the shell or outer covering of a pearl-making mussel. )

 

Plastic pearl प्लास्टिक मोती – प्लास्टिक मोती मा मोती सामग्रीको साथ प्लास्टिकको कोर लेपन गरिएको हुन्छ।

( Plastic pearl – Plastic pearls have a plastic core coated with pearl material. )

 

Roman pearl रोमन मोती – अलबास्टरको कोर लाई नक्कली मोती बनाउन प्रयोग गरिने सामग्री संग लेपित गरेर तयार पारिएको मोतीलाई रोमन मोति भनिन्छ ।

( Roman pearl – A pearl prepared by coating an alabaster core with the material used to make fake pearls is called a Roman pearl. )

 

Shell pearl शेल मोती – यो किसिमका मोति मोलस्कको शेलहरु काटेर, बफ गरेर र रंगाएर तयार गरिन्छ । यस्को नामहरू पनि विभिन्न किसिमको छ जस्तै बिरालोको आँखा मोती, कोक डे पर्ल (यो नामको मोति चाँही नटिलस शेलहरूबाट बनाईन्छ ) , मोतीको मोती (यो चाँही मोति उत्पादन गर्न प्रयोग गरिने मदर अफ पर्ल अर्थात् मोतीको आमाबाट बनाईन्छ ) र हिङ्ग पर्ल जो चाँही बाइभल्भ शेलको काजबाट तयार पारिएको हुन्छ ।

कोरल कहिलेकाहीँ गुलाबी शंखबाट मोतीको नक्कल गर्न प्रयोग गरिन्छ, र हेमाटाइट कहिले कालो मोतीको नक्कल गर्न प्रयोग गरिन्छ ।

( Shell pearl – These types of pearls are prepared by cutting, buffing and dyeing the shells of molluscs. It also has various names such as cat’s eye pearl, coq de pearl (the pearl of this name is made from nautilus shells), mother of pearl (this pearl is made from the mother of pearl used to produce pearls) and hinge pearl which is made from the hinge of bivalve shell. has been prepared.

Coral is sometimes used to imitate pink conch pearls, and hematite is sometimes used to imitate black pearls. )

 

सक्कली र नक्कली मोतिको पहिचान

( Identification of real and fake pearls )

नक्कली र सक्कली मोति अर्थात् प्राकृतिक मोति र सुसंस्कृत वा मानव निर्मित मोति बिच फरक छुट्याउन रत्न परिक्षण प्रयोगशालामा मोतिको दानाको बिच्च भाग अर्थात केन्द्र भागको जेमोलाँजिकल एक्स – रे गरेर हेरिन्छ । यो एक्स – रे बाट मोति नक्कली हो कि सक्कली हो भनेर सजिलै थाहा हुन्छ । यो परिक्षण बिना सक्कली र नक्कली बिचको अन्तर छुट्याउन धेरै मुस्किल पर्थ्यो । मोतिको एक्स – रे गरेर हेर्दा उप्त्त मोतिको बिकास क्रमको गतिलाई देख्न सकिन्छ । यसरि हेर्दा मोतिमा क्याल्शियम कार्बोनेटको पत्र कोंचियोलिनको पातलो पत्रबाट अलग देखिन्छ ।

(To distinguish between fake and real pearls, i.e., natural pearls and cultured or man-made pearls, gemological X-rays of the central part of the pearl grain are seen in the gem testing laboratory. It is easy to know whether the pearl is real or fake from X-ray. Without this test, it would have been very difficult to distinguish between real and fake. By X-raying the pearl, you can see the speed of development of the pearl. In this way, the layer of calcium carbonate in the pearl looks different from the thin layer of conchiolin. )

 

प्राकृतिक र सुसंस्कृत मोतिलाई माइक्रोस्कोप को प्रयोग गरेर हेरेर नक्कली मोतिबाट छुट्याउन सकिन्छ । यसैगरी मोति सक्कली हो कि नक्कली हो भनेर छुट्याउने अर्को पनि कम खर्चिलो उपाय छ त्यसको लागि दुई वटा मितिलाई एक आपसमा घोट्नु पर्छ । नक्कली मोति पुरै चिल्लो नै भई बस्छ तर प्राकृतिक मोती र सुसंस्कृत मोति नैक्रे प्लेटलेट्सबाट बनेको हुने भएकाले घोट्दा हल्का किरकिर महसुस हुन्छ ।

( Natural and cultured pearls can be distinguished from fake pearls using a microscope. Similarly, there is another less expensive way to distinguish whether the pearl is real or fake, for that, you need to merge the two dates together. Fake pearls are completely smooth, but natural pearls and cultured pearls are made of nacre platelets, so they feel slightly gritty when bitten. )

 

thank you

 

मिति (2081 09 08) को सुन चाँदीको मूल्य

मिति (2081 09 07) को सुन चाँदीको मूल्य

मिति (2081 09 06) को सुन चाँदीको मूल्य

मिति (2081 09 05) को सुन चाँदीको मूल्य

मिति (2081 09 04) को सुन चाँदीको मूल्य

Quick Contact

एकदम सस्तोमा सुनको चुरा | sun ko chura ko mukhya | gold chura price in nepal | gold bangles design with price

२४ क्यारेट सुनको रिङ | gold earrings design | gold earrings price in nepal | jhumka | juli

24 क्यारेट सुनको कम तौलमा मंगलसुत्र | Tiktok pendal | maya pendal | gold jewellery

24 क्यारेट सुनको राम्रो कि 22 क्यारेट ( 24 caret gold better or 22 caret )

नवरत्न भनेको के हो ? what is gem (Navaratna ) ? कुन कुन रत्न पर्छ यस भित्र ? राशि अनुसारको लगाउने पथर कुन कुन हो ?

चाँदी के हो ? चाँदीको बारेमा सम्पूर्ण जानकारी | what is Sliver | chadi vaneko k ho | history of sliver

आज सिन्धुली सुन/ चाँदीाकाे मूल्य
Gold and Silver Rate in Sindhuli

धातु/Material
ताेला/ Tola
ग्रम/10g