आजको मूल्य

नवरत्न भनेको के हो ? what is gem (Navaratna ) ? कुन कुन रत्न पर्छ यस भित्र ? राशि अनुसारको लगाउने पथर कुन कुन हो ?

Facebook
Twitter
LinkedIn

नवरत्न navaratna

अचेल राशि अनुसारको पथर वा रत्न लगाउने एउटा ट्रेन्ड नै चलेको छ । यि रत्नहरु औंठीमा, लकेटमा , ब्रास्लेटमा सुन वा चाँदी धातुसँग विभिन्न डिजाइनहरु बनाएर लगाउने गरिन्छ । कतिले यि रत्नहरुको महत्व बुझेर लगाउछन भने कतिले मात्र फेसनको लागि आफ्नो शान-सौकतको लागि रत्न जडित गहनाहरू लगाउने गर्छन् । र कहिले काँही ग्रहदशा शान्ति गर्न तथा ग्रहको शुभ – अशुभ प्रभाव पार्न र टार्न दुवैको लागि लगाउने गर्छन् ।

( Currently, there is a trend of wearing stones or gems according to the zodiac sign.  These gems are worn in rings, lockets, bracelets by making different designs with gold or silver metal.  Some people wear these gemstones knowing their importance, while some wear them just for fashion and for their luxury.  And sometimes they wear it both to pacify the planet and to ward off the auspicious and inauspicious effects of the planet. )

यस लेख भित्र :-
• रत्न भनेको के हो ?
• रत्न कसरि बन्छ ?
• रत्नको प्रकार :
• किन रत्न अनमोल छ ।
• रत्न तथा राशि अनुसारको पथर लगाउँदा के हुन्छ ?
• नवरत्न के हो ?
• नवरत्न भित्र पर्ने सम्पूर्ण रत्नको जानकारी :
• नवरत्न लगाउँदा के हुन्छ

वास्तवमा रत्न फेसन वा स्टाईल मात्र होइन । यसको छुट्टै ज्योतिषीय सिद्धान्त र मान्यताहरू पनि रहेका छन् अनि छुट्टै वैज्ञानिक कारणहरु पनि छन । यि सबैको बारेमा हामि यही लेखमा बृस्तृत रुपमा छलफल गर्नेछौ ।  तर त्यो भन्दा पहिले हामिले रत्न भनेको के हो भनेर , यो कसरी बन्छ भनेर बुझ्न जरुरि छ । धेरैले रत्नलाई अनमोल खजानाको रुपमा लिएका छन् भने धेरैले शृंगारको बस्तुको रुपमा अनि कतिले आडम्बरको रुपमा । तर साँचै भन्नु पर्दा रत्न आखिर के हो त ?

( In fact, gems are not just fashion or style.  There are separate astrological principles and beliefs for this and there are also separate scientific reasons.  We will discuss all these in detail in this article.  But before that we need to understand what a gem is, how it is made.  Many have taken gems as precious treasures, while many have taken them as ornaments and some as luxury.  But really, what is a gem? )

locket

•‌ रत्न के हो ? कसरी बन्छ ?

( What is a gem?  How is it made? )

रत्न प्रकृतिबाट प्राप्त एउटा अनमोल र दुर्लभ वस्तु हो । यो वानस्पतिक र खनिज गरि दुई किसिमको हुन्छ । वनस्पतिबाट विशेष किसिमले निस्कने रत्न, जसलाई वंशलोचन, तृणमणि, जेट आदि भनिन्छ भने यि रत्न तथा पथरहरु चाँहि  अर्कोचाहिम चटान, भूगर्भ, समुन्द्र आदिमा भेटिन्छ । वेद पुराणमा पनि रत्नहरुको जिकर भएको देख्न सकिन्छ । प्राचिन ग्रन्थ ऋग्वेदमा पनि रत्नको उल्लेख भएको छ । जस्बाट यो थाहा पाउन सकिन्छ कि रत्न निकै प्राचिन कालदेखि नै प्रयोगमा आई रहेको थियो ।

( A gem is a precious and rare object obtained from nature.  It is of two types, botanical and mineral.  Gems that come out of plants in a special way, which are called Vansalochan, Trinamani, Jet, etc., these gems and stones are often found in rock, underground, ocean, etc.  It can be seen that gems are mentioned in the Veda Puranas as well.  Gemstones are also mentioned in the ancient text Rigveda.  From which it can be known that the gemstone has been in use since ancient times. )

रत्न जम्मा ८४ प्रकारको हुन्छ भनिन्छ । रत्नहरु कसरी बन्छन भनेर विभिन्न धार्मिक कथनहरु रहेका छन् । रत्नको उत्पतिमा अग्नी सहायक हुन्छ भनेर विश्वास गरिन्छ । प्राय अधिकांश रत्न कुनै न कुनै रुपमा ताप पक्रिया अर्थात अग्निको प्रभावबाट बनेको हुन् । प्रकृतिमा विभिन्न रासायनिक प्रक्रियाबाट रत्न बन्छ । जस्तै स्फटिक, मणिभ, क्रिस्टल आदि यसको उदाहरण हुन  । यसरी रासायनिक प्रक्रियापछि तत्वहरू एक आपसमा एकजुट भएर विशिष्ट प्रकारका चमकदार, आभायुक्त बन्छन् । त्यस भित्र केही अद्भूत गुणको प्रभावकारी समायोजन हुन्छ । यसरी रासायनिक यौगिकहरुको मेलबाट रत्न बनेको हुन्छ । र त्यही तत्वको संयोगको कारण रत्नमा विभिन्न रंग, रुप, कठोरता, आभाको अन्तर हुन्छ । खनिज रत्नमा मूख्यत निम्त तत्वहरू पाइन्छ ।
कार्बन
अल्मुनियम
बेरियम
बेरिलियम
क्याल्सियम
तामा
हाइड्रोजन
फलाम
फस्फोरस
म्यागजिन
पोटेशियम
गन्धक
टिन
जस्ता
जिर्केनियम आदि ।

( It is said that there are 84 types of gems.  There are various religious statements about how gems are made.  It is believed that fire helps in the creation of gems.  Most of the gemstones are formed by some form of heat process i.e. the effect of fire.  In nature, gems are formed through various chemical processes.  Such as crystal, gem, crystal etc. are examples of this.  In this way, after the chemical process, the elements unite with each other and become specific types of shiny, aura.  There is an effective adjustment of some wonderful qualities within it.  In this way, gems are formed by the combination of chemical compounds.  And due to the combination of the same elements, gems have different colors, shapes, hardness, and aura.  Essential elements are found in mineral gems.
• Carbon
• Aluminum
• Barium
• Beryllium
• Calcium
• Copper
• Hydrogen
• Iron
• Phosphorus
• Magazine
• Potassium
• Sulphur
• Tin
• Zinc
• Zirconium etc. )

• रत्न किन अनमोल छ ?
( Why is the gem precious? )

रत्न प्रकृतिमा भेटिने चिज भएनि यो सजिलै पाउन भने सकिदैन । तर, दुर्लभ भएकै कारणले मात्र रत्न अनमोल भएको भने पक्कै होइन । वास्तवमा यसको अद्भूत सौन्दर्य र स्थायित्वले पनि रत्नलाई अनमोल बनाउँदछ । रत्नहरु पारदर्शि, अपारदर्शि र अल्प पारदर्शि गरि तिन थरिका हुन्छ । पारदर्शि रत्न भन्नाले रत्नबाट वारपार हेर्न सकिनेे  जसबाट प्रकाश सजिलै निस्कन सक्छ । जस्तै : हिरा यसको उदाहरण हो । अपारदर्शी भन्नाले यस्तो रत्न जस्बाट वारपार हेर्न सकिदैन र प्रकाश त्यस रत्नबाट छिर्दैन । जस्तै : मुगा यसको उदाहरण हो । अल्प पारदर्शि भन्नाले केही मात्रामा वारपार देख्न सकिने र हल्का मात्रमा प्रकाश छिर्ने रत्नलाई भनिन्छ । जस्तै : निलम , पुष्पराज यसको उदाहरण हुन ।

( Although gems are found in nature, they cannot be found easily.  However, just because a gem is rare does not necessarily mean that it is precious.  In fact, its amazing beauty and durability also make the gem precious.  Gemstones are of three types: transparent, opaque and semi-transparent.  A transparent gem means that you can see through the gem and light can easily come out of it.  For example: diamond is an example of this.  Opaque means a gem that cannot be seen through and light does not penetrate through the gem.  For example: Muga is an example of this.  Low translucency refers to a gem that can be seen through to a certain extent and only slightly penetrates the light.  For example: Neelam, Pushparaj are examples of this. )

• नौ ग्रह रत्न – नवरत्न
( Nine Planet Gems – Navratna )

नवरत्न भन्नाले ९ वटा रत्न तथा पथरहरुको समुह हो । यि रत्नहरु राशि अनुसार धसरण गरिन्छ । प्रत्येक रत्न वा पथरको आ-आफ्नो छुट्टै ग्रह हुन्छ । ९ ग्रह र ९ रत्न एक आपसका पुरक हुन्छन् । कुनै एक ग्रहको लागि एक रत्न हुन्छ उप्त्त रत्नले त्यस ग्रहबाट पर्ने सकरात्मक वा नकरात्मक प्रभावलाई घटाउन वा बडाउन  सक्छ । त्यस प्रभावलाई ज्योतिषीय ज्ञान अनुसार रत्न धारण गरेर घटि बढी यस सन्तुलनमा राख्न सकिन्छ भन्ने विश्वास छ । नवरत्न भित्र पर्ने पथर / रत्न निम्नानुसार रहेका छन् :

( Navratna means a group of 9 gems and stones.  These gems are arranged according to zodiac sign.  Each gem or stone has its own planet.  9 planets and 9 gems are complementary to each other.  There is a gem for any one planet, the gemstone can reduce or increase the positive or negative effects of that planet.  It is believed that this effect can be more or less balanced by wearing gems according to astrological knowledge.  Stones / Gems included in Navratna are as follows: )

१. माणिक्य ( Ruby )

माणिक
माणिक रत्न

माणिक्य सूर्यको रत्न हो । मणिक सिंह राशि हुने व्यक्तिहरुले धारण गर्दछन् । यो एक खनिज रत्न हो । यसलाई औंठी वा लकेट बनाएर लगाईन्छ । यसको रंग गुलाबी रातो हुन्छ । यो रत्न एल्मुनियम अक्साइडबाट  बनेको हुन्छ । माणिक पृथ्वीको विभिन्न सतह तथा चट्टानहरुमा पाईन्छ ।

( Ruby is the jewel of the sun.  Manik is worn by Leo zodiac sign people.  It is a mineral gem.  It is worn as a ring or locket.  Its color is pinkish red.  This gem is made of aluminum oxide.  Ruby is found in different surfaces and rocks of the earth. )

२. मोती ( Pearl )

मोति / pearl
मोति रत्न

मोती चन्द्रको रत्न हो । यो रत्न बिषेश त कर्कट राशि हुनेहरुले धारण गर्दछन् । मोति क्याल्शियम कार्बोनेटबाट बनेको हुन्छ ।मोति घुंघि/शंङखे किराको बाइवाल्वज  र ओएस्टर प्रजातिले बनाउँछ । प्राकृत मोती कसरी बन्छ भन्दा सीपी किराले आफ्नो जीवनमा एकपटक मात्र मुख बाउँछ । उसका फग्ल्याँटा खुलेका बेला बालुवाका मसिना कण वा ढुंगा प्रवेश गर्न सक्दछन् । त्यो कण सीपीभित्र पसेपछि उसले मोती बनाउने काम गर्छ । सीपी किराको शरीरबाट निस्कने एकप्रकारको रसले त्यो कणलाई विस्तारै विस्तारै ढाक्न शुरु गर्छ । धेरै वर्षपछि बाटुलो र चम्किलो सेतो दानाका रुपमा मोती तयार हुन्छ । जलमा रहने सीपभित्र यसको निर्माण हुन्छ । यो पत्थर वा खनिज होइन । यसको रासायनिक गुण, क्याल्सियम कार्बोनेट हो ।

( Pearl is the jewel of the moon.  This gem is especially worn by Cancer zodiac sign people.  Pearls are made from calcium carbonate. Pearls are made by bivalves and oyster species.  How natural pearls are made A clam worm opens its mouth only once in its life.  When its pores are open, fine particles of sand or stones can enter.  After that particle enters the seashell, it works to make pearls.  A type of juice released from the body of the CP worm begins to gradually cover the particle.  After many years, pearls are formed as soft and shiny white grains.  It is built within the skill of staying in water.  It is not a stone or a mineral.  Its chemical properties are calcium carbonate. )

३. मूंगा ( Coral )

मुगा /coral
मूंगा रत्न

मूंगा मंगल ग्रहको रत्न हो । मुंगा मेष र वृश्चिक राशि हुनेहरुले औँठि तथा लकेट बनाएर लगाउँछन । यो पत्थर होइन । समुन्द्रभित्र गहिराईमा खास जन्तुबाट यसको निर्माण हुन्छ । रातो कोरलहरू कम सेडिमेन्टेशन भएको चट्टानी सिबोटममा बढ्छन्, सामान्यतया अँध्यारो वातावरणमा । यिनिहरु गहिराइमा वा अँध्यारो गुफा वा दरारहरूमा पाईन्छ ।  मूंगाको मूल प्रजाति, C. rubrum (पहिले गोर्गोनिया नोबिलिस) मुख्यतया भूमध्य सागरमा पाइन्छ।  यो समुद्र सतह मुनि 10 देखि 300 मिटर सम्म गहिराईमा पाइन्छ । यो पनि मोती जस्तै क्याल्सियम कार्बोनेटबाट बनेको हुन्छ ।

( Coral is the jewel of Mars.  Aries and Scorpio people make rings and lockets and wear them.  This is not a stone.  It is formed by special animals deep in the ocean.  Red corals grow on rocky seabottoms with little sedimentation, usually in dark environments.  They are found in deep or dark caves or crevices.  The native species of coral, C. rubrum (formerly Gorgonia nobilis) is found mainly in the Mediterranean Sea.  It is found at a depth of 10 to 300 meters below the sea level.  It is also made of calcium carbonate like pearls. )

४.  पन्ना ( Emerald )

पन्ना / Emerald
पन्ना रत्न

पन्ना बुध ग्रहको रत्न हो । पन्ना बिषेश त मिथुन र कन्या राशि भएका व्यक्तिहरूले धारण गर्दछन् । यो  खनिज रत्न हो जुन सिलिकेटबाट बनेको हुन्छ । यसको रंग हरियो हुन्छ । पन्ना हल्का पारदर्शि हुन्छ । पन्नाको रासायनिक संरचना Be3Al2(SiO3)6 हो र यसलाई साइक्लोसिलिकेटको रूपमा वर्गीकृत गरिन्छ।  यसमा हेक्सागोनल क्रिस्टल प्रणाली 6/m2/m2/m हुन्छ ।  यसको घनत्व 2.67 – 2.78 हुन्छ।  यसको कठोरता 7.5 देखि 8 सम्म हुन्छ । सबै रंगीन रत्नहरू जस्तै, चार आधारभूत प्यारामिटरहरू प्रयोग गरी पन्नाको वर्गीकरण गरिन्छ – चार सीएस पारखीता: रंग, स्पष्टता, कट र क्यारेट वजन।  सामान्यतया, रंगीन रत्नहरूको ग्रेडिङमा, रंग सबैभन्दा महत्त्वपूर्ण मापदण्ड हो । तर पन्नाको ग्रेडिङमा, स्पष्टतालाई बिशेष ध्यान दिईन्छ । राम्रो पन्नासँग तल वर्णन गरिए अनुसार शुद्ध हरियो हरियो रंग मात्र होइन  तर उच्च रत्न मान्नको लागि उच्च स्तरको पारदर्शिता पनि हुनुपर्छ। बेरील परिवारको यो सदस्य हीरा, माणिक र नीलमणि संग परम्परागत “ठूलो चार” रत्नहरूको स्थानमा छ।

प्रमुख पन्ना उत्खनन् गर्ने देशहरूमा हाल कोलम्बिया, ब्राजिल र जाम्बिया पर्दछन । हुन त पन्ना संसारभरि उत्खनन गरिन्छ पाकिस्तान, अफगानिस्तान, रूस, अष्ट्रेलिया, संयुक्त राज्यहरूमा पनि तर यी तीन भने प्रमुख स्रोत हुन्।  कोलम्बिया सबै भन्दा उत्कृष्ट पन्ना उत्पादन गर्नेमा पर्दछ ।

( Emerald is the gem of planet Mercury.  Emeralds are especially worn by Gemini and Virgo zodiac sign people.  It is a mineral gem that is made of silicate.  Its color is green.  Emerald is slightly translucent.  The chemical composition of emerald is Be3Al2(SiO3)6 and it is classified as a cyclosilicate.  It has a hexagonal crystal system of 6/m2/m2/m.  Its density is 2.67-2.78.  Its hardness ranges from 7.5 to 8.  Like all colored gemstones, emeralds are graded using four basic parameters – the four CSs: color, clarity, cut and carat weight.  Generally, in grading colored gemstones, color is the most important criterion.  But in emerald grading, clarity is given special attention.  A good emerald should not only have a pure emerald green color as described below but also a high level of transparency to be considered a high gem.  This member of the beryl family replaces the traditional “big four” gemstones along with diamonds, rubies and sapphires.
Major emerald mining countries currently include Colombia, Brazil and Zambia.  Although emeralds are mined all over the world in Pakistan, Afghanistan, Russia, Australia, United States but these three are the main sources.  Colombia is one of the best emerald producers. )

५. पुखराज ( Yellow sapphire )

पुष्पराज
पुष्पराज रत्न

यो बृहस्पति ग्रहको रत्न हो । यसलाई पुष्पराज पनि भनिन्छ । विशेष त धनु र मीन राशि भएका व्यक्तिहरूले पुष्पराज लगाउँदछन् । पुखराज पहेंलो रंगको हुन्छ । यो प्रकृतिमा पाईने एक खनिज रत्न हो । पुष्पराज अल्प पारदर्शि हुन्छ ।  पुष्पराज एल्युमिनियम अक्साइडबाट बनेको हुन्छ।  रासायनिक संरचना – AL2O3 (एल्युमिनियम अक्साइड)।  रंग – पहेंलोको कुनै पनि छाया, फिक्का पहेँलो रङदेखि गाढा संगठित सुनौलो देखि हरियो पहेंलो सबै किसिमको हुन्छ ।

( It is the jewel of the planet Jupiter.  It is also called Pushparaj.  Especially people with Sagittarius and Pisces signs wear Pushparaj.  Topaz is yellow in color.  It is a mineral gem found in nature.  Pushparaj is less transparent.  Pushparaj is made of aluminum oxide.  Chemical composition – AL2O3 (aluminum oxide).  Color – Any shade of yellow, from pale yellow to dark gold to greenish yellow. )

६. हीरा ( Diamond )

diamond
हिरा रत्न

हिराको बारेमा त तपाईहरु सबैलाई थाहै होला । हिरा मन नपर्ने मानिस सायदै कोही होलान । हिरा पृथ्वीमा पाईने सबै भन्दा कडा बस्तु हो । यो एकदमै बहुमुल्य रत्न हो । हीरा सुक्र ग्रहको रत्न हो । वृष र तुला राशि भएका व्यक्तिहरूले यो रत्न धारण गर्दछन् । यो पारदर्शी हुन्छ । यो खनिज रत्न हो ।

हीरा एउटै तत्वबाट बनेको एक मात्र रत्न हो । हिराको रासायनिक सुत्र ” C ” ( carbon ) हो । यो पृथ्वीको गर्वमा अत्याधिक ताप र चापको कारणले कार्बोनेट चट्टान र तलछटमा भएको कार्बनिक कोइला परिवर्तन भएर बन्छ । यस्मा सामान्यतया लगभग ९९.९५ प्रतिशत कार्बन हुन्छ।  अन्य 0.05 प्रतिशतले एक वा बढी ट्रेस तत्वहरू समावेश गर्छ । जुन परमाणुहरू हुन् जो हीराको बन्न आवश्यक रसायनको भाग होइन ।  केहि ट्रेस तत्वहरूले यसको रंग वा क्रिस्टल आकारलाई असर गर्न सक्छ ।

( You all know about diamond.  There is hardly anyone who does not like diamonds.  Diamond is the hardest substance found on earth.  It is a very precious gem.  Diamond is the gem of planet Venus.  Taurus and Libra people wear this gem.  It is transparent.  It is a gem mineral.

Diamond is the only gemstone made of one element.  The chemical formula of diamond is “C” (carbon).  It is formed by the alteration of organic carbon in carbonate rocks and sediments due to extreme heat and pressure in Earth’s crust.  It usually contains about 99.95 percent carbon.  Another 0.05 percent contains one or more trace elements.  which are atoms that are not part of the chemistry required to form a diamond.  Some trace elements can affect its color or crystal shape. )

७. नीलम ( Blue Sapphire )blue sapphire निलम रत्न 

नीलम शनि ग्रहको रत्न हो । यो प्रकृतिमा पाईने खनिज रत्न हो । यो रत्नको प्रयोग गरेर औठि र लकेट बनाएर लगाउने गरिन्छ । यो एकदमै असरदार हुन्छ । यो रत्न निलो रंगको हुन्छ । मकर र कुम्भ राशि भएका व्यक्तिहरूले यो रत्न धारण गर्दा राम्रो हुने ज्योतिषीय मान्यता रहेको छ । निलम अल्प पारदर्शि हुन्छ ।
नीलम कोरन्डम वा एल्युमिनियम अक्साइडको विभिन्न प्रकार हो । यसको रसायनिक सुत्र Al203 हो । अर्थात एल्युमिनियमको दुई भाग र अक्सिजनको तीन भाग ।

( blue sapphire is the gem of planet Saturn.  It is a mineral gem found in nature.  Rings and lockets are made using this gem.  It is very effective.  This gem is blue in color.  There is an astrological belief that wearing this gem is good for people with Capricorn and Aquarius signs.  Sapphire is slightly transparent.
Amethyst is a variety of corundum or aluminum oxide.  Its chemical formula is Al203.  That is, two parts of aluminum and three parts of oxygen. )

८. गोमेद ( Hessonite )

Hessonite
गोमेद रत्न

गोमेद राहु ग्रहको रत्न हो । यसलाई हेसोनाइट पनि भनिन्छ ।  बिशेष त यो रत्न ग्रह शान्तिको लागि लगाईन्छ । यसको धारणले राहुको प्रभावलाई कम गर्ने वा निष्क्रिय गर्ने ज्योतिषीय मान्यता रहेको छ । यो एउटा खनिज रत्न हो । जस्को रंग गोमूत्रको जस्तो हुन्छ । गोमेद रत्नलाई त्रिलोह धातुसँग लगाईन्छ । यो रत्न अल्प पारदर्शि हुन्छ । गोमेद खनिज कठोरताको मोहस स्केलमा 10 मध्ये 8 को कठोरता भएको खनिज हो।  यी क्यूबिकली संरचित रत्नहरू क्याल्सियम एल्युमिनियम सिलिकेटबाट बनेको हुन्छ । तिनीहरूको पूर्ण रासायनिक यौगिक Ca3Al2(SiO4)3 हो।
हेसोनाइट ग्रोसुलरको खैरो-सुन्तला प्रजाति हो । यो डोडेकाहेड्रल वा ट्रापेजोहेड्रल क्रिस्टल, दालचीनी-खैरो देखि सुन्तला सम्म देखिन्छ किनभने यसमा फलाम मिसिएको हुन्छ । यसको रंग दालचीनीको तेलसँग मेल खान्छ।  यो सुनौलो-पहेंलो, पहेंलो-खैरो, वा रातो-खैरो रूपमा पनि देखिन्छ।

( Onyx is the gem of planet Rahu. It is also called Hessonite. Especially this gem is worn for planetary peace. There is an astrological belief that wearing it reduces or deactivates the influence of Rahu. It is a mineral gem. Whose color is like cow’s urine. Onyx gemstone is set with triloha metal. This gem is slightly transparent. Onyx is a mineral with a hardness of 8 out of 10 on the Mohs scale of mineral hardness. These cubically structured gems are made of calcium aluminum silicate. Their complete chemical compound is Ca3Al2(SiO4)3.

  Hessonite is a brownish-orange variety of grossular. It is a dodecahedral or trapezohedral crystal, cinnamon-brown to orange in color because it contains iron. Its color matches that of cinnamon oil. It also appears as golden-yellow, yellow-brown, or reddish-brown. )

९. लहसुनिया ( Cat eye – chrysoberyl )

लहसुनिया
लहसुनिया रत्न

लहसुनिया वा वैदूर्य केतु ग्रहको रत्न हो । यो रत्न पनि ग्रह शान्तिको लागि लगाउने गरिन्छ । लहसुनिया रत्यले केतु ग्रहको दुष्प्रभावलाई कम गर्न वा निष्क्रिय गर्न लगाउने गरिन्छ । यो पनि प्रकृतिमा पाईने खनिज रत्न हो । Cat’s Eye अर्थात् लहसुनियाले काबोचोनमा पालिश गरिएको रत्नको बारेमा बताउँछ , जसले ढुङ्गाको चौडाइमा केन्द्रित प्रकाशको साँघुरो ब्यान्ड वा धर्सो देखाउँछ। प्रकाशको यस्तो स्वभावलाई, च्याटोयान्सी, वा बिरालोको आँखा प्रभाव भनेर चिनिन्छ । यो रत्नमा पातलो, पातलो समानान्तर खनिज फाइबरहरू समावेश हुने भएकाले एकल ब्यान्डमा प्रकाश प्रतिबिम्बित हुन्छ।  बिरालोको आँखा जस्तो देखिने सबै रत्नहरू मध्ये, क्राइसोबेरिल ( Chrysoberyl )  सबैभन्दा राम्रो हुन्छ । यो विरालोको आँखा जस्तै चम्कन्छ । लहसुनियाको खनिज वा रासायनिक सूत्र BeAl2O4 हो । यसको रंग लहसुनको जस्तै हुन्छ । यसलाई औंठी तथा लकेट बनाएर लगाउने गरिन्छ । यो रत्नलाई त्रिलोह धातुसँग सामान बनाएर लगाईन्छ ।

( cat eye or Vaidurya is the gem of planet Ketu. This gem is also worn for planetary peace. Garlic is used to reduce or neutralize the ill effects of planet Ketu. It is also a mineral gem found in nature. Cat’s Eye refers to a cabochon-polished gemstone that exhibits a narrow band or streak of light centered across the width of the stone. This characteristic of light is known as chatoyancy, or the cat’s eye effect. Light is reflected in single bands because this gem consists of thin, parallel mineral fibers. Of all the cat’s eye gemstones, chrysoberyl is the best. It shines like a cat’s eye. The mineral or chemical formula of garlic is BeAl2O4. Its color is like garlic. It is worn by making rings and lockets. This gem is made with triloha metal. )

• रत्न अर्थात् राशि अनुसारको पथर लगाउँदा के हुन्छ ?

( What happens when you wear a stone or gemm according to your zodiac sign? )

रत्न एउटा उच्च कोटीको प्राकृतिक पदार्थ हो । र साथै यसमा त्यस्ता केही अद्भुत गुणहरू हुन्छन्, जुन मानविय जीवनसँग जोडिएको हुन्छ । ज्योतिषिय मान्यता अनुसार यी रत्नहरु नौ ग्रहको किरणको संवाहक हुन्छन् । यसले कुनै खास एक ग्रहको किरण अवशोषित गर्छ । त्यसैले ग्रह-दोषबाट मुक्त हुनको लागि रत्नहरु धारण गरिन्छ ।

( Gemstone is a high class natural substance. And also it has some wonderful properties, which are connected with human life. According to astrological belief, these gems are carriers of the rays of nine planets. It absorbs the rays of a particular planet. Therefore, gemstones are worn to get rid of planetary defects. )

Thank you

मिति (2082 04 08) को सुन चाँदीको मूल्य

मिति (2082 04 07) को सुन चाँदीको मूल्य

मिति (2082 04 06) को सुन चाँदीको मूल्य

मिति (2082 04 05) को सुन चाँदीको मूल्य

मिति (2082 04 04) को सुन चाँदीको मूल्य

Quick Contact

एकदम सस्तोमा सुनको चुरा | sun ko chura ko mukhya | gold chura price in nepal | gold bangles design with price

२४ क्यारेट सुनको रिङ | gold earrings design | gold earrings price in nepal | jhumka | juli

24 क्यारेट सुनको कम तौलमा मंगलसुत्र | Tiktok pendal | maya pendal | gold jewellery

24 क्यारेट सुनको राम्रो कि 22 क्यारेट ( 24 caret gold better or 22 caret )

मोति के हो ? कसरि बन्छ ? मोति काँहा पाईन्छ ? नक्कली र सक्कली मोति कसरि चिन्ने | how pearl made | everything about pearl

चाँदी के हो ? चाँदीको बारेमा सम्पूर्ण जानकारी | what is Sliver | chadi vaneko k ho | history of sliver

आज सिन्धुली सुन/ चाँदीाकाे मूल्य
Gold and Silver Rate in Sindhuli

धातु/Material
ताेला/ Tola
ग्रम/10g